Mon. Jan 6th, 2025

मनमोहन स्मृति दिवस


१३ बैशाख,  धादिङ –

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईदैछ ।

विक्रम संवत् १९७८ सालमा काठमाडांैमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो । पढाइको सिलसिलामा भारतको बनारसमा रहदा देखि नै राजनीतिमा सक्रिय अधिकारी ‘भारत छोड’ आन्दोलनको क्रममा जेल परेका थिए ।

जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा आवद्ध भएका थिए । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । उनी नेतृत्वको ९ महिने सरकारले ल्याएको आफ्नो गाउँ आफै बनाउँ, बृद्धभत्ता दिने लगायत कार्यक्रमलाई निकै लोकप्रिय मानिन्छ ।

२०७५ बैशाख १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: