२४ मंसिर, धादिङ – ६७ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस धादिङमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । दिवसको अवसरमा बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिको मानवअधिकारको अवस्थाको विषयमा आज धादिङबेसीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सबैका लागि घरघरमा मानवअधिकार शान्ति र विकासको आधार भन्ने नाराका साथ धादिङमा रहेर मानवअधिकारको क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।
कार्यक्रममा भुकम्प पछि जिल्लाको समग्र मानव अधिकारको अवस्थाको बारेमा इन्सेकका सीताराम अधिकारीले सहभागीहरुलाई जानकारी गराएका थिए । उनले मानव अधिकारको दृष्ट्रिले धादिङ जिल्लामा अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला, तथा कुपोषण भएका व्यक्ति तथा एक जना मात्र परिवार संख्या भएका घरधुरीहरु बढि जोखिममा रहेको बताए । भुकम्पपछि उत्तरी धादिङबाट विस्थापित भएर बसेका विस्थापित शिविरका १ हजार २ सय ६७ जना व्यक्तिहरु मानबअधिकारको दृष्ट्रिले बढि जोखिममा रहेको समेत उनले बताए ।
त्यसैगरी फियान नेपालका राजेन्द्र बस्नेतले खाद्य अधिकार, यसमा राज्यको दायित्व तथा भुकम्प पछि धादिङ जिल्लाको खाद्यान्नको अवस्थाको बारेमा सहभागिहरुलाई जानकारी गराए । धादिङ जिल्लामा भुकम्प पछि खानेपानीकोे ४० प्रतिशत मुल सुकेको र मानिसहरुलाई खानेपानीमा समस्या भएको तथा यस वर्ष खाद्यन्नको क्ष्ोत्रमा पनि समस्या रहेको बताए । त्यस्तै जातिय छुवाछुत विरुद्धको अधिकारकर्मी श्याम मगरातीले दलित समुदायमा मानबअधिकारको अबस्थाको बारेमा जानकारी गराए । कार्यक्रममा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र धादिङका लेखनाथ आचार्यले जिल्लामा रहेका अपाङ्गताहरुको अवस्थाको विषयमा सहजीगरण गरे । धादिङ जिल्लामा हाल सात किसिमका अपाङ्गता भएका व्यक्तिहरु ६ हजार ८ सय ५३ जना रहेको जानकारी दिए ।
कार्यक्रममा महिला अधिकारकर्मी राधिका सापकोटाले भुकम्प पछि धादिङमा बलात्कार, यौन हिंसा तथा घरेलु हिंसा बढेको जानकारी दिएइन् । सहयात्री समाज धादिङले तयार पारेको तथ्याङक अनुसार भुकम्प पछि हाल सम्म बलत्कारका २०, बलत्कार प्रयासका २, बेचविखनको २ बेचविखन तथा बलत्कारको १ घरेलु हिंसाका १३०, आत्महत्याको ६ र हत्याको १ ओटा घटनाहरु रहेको र बाहिर नआएका धेरै घटनाहरु पनि रहेको जानकारी दिनुभएको छ ।मानव अधिकार दिवसकै अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानमा भई रहेको कार्यक्रमको बारेमा सिड्स धादिङ, सयात्री समाज नेपाल र प्रहरी कार्यलय धादिङ लगाएत विभिन्न संघ संस्थाले जिल्ला भर विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको कार्यक्रमहरुको बारेमा पनि जानकारी दिए ।