Tue. Nov 26th, 2024

एसएलसी तयारी कक्षा रेडियोबाट

radio२४ मंसिर, काठमाडौं -यस वर्ष एसएलसी परीक्षा दिने विद्यार्थीलाई शुक्रबारदेखि शिक्षा मन्त्रालयले रेडियो नेपालमार्फत पढाउने भएको छ । भूकम्प र तराई–मधेसको आन्दोलनलगायतका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको र कोर्स पूरा गर्न नसकेका विद्यार्थीलाई फोकस गरी रेडियोबाट एसएलसी सामग्री प्रसारण गर्न लागिएको हो ।

शैक्षिक जनशक्ति विकास केन्द्रले सामग्री तयार गरी पढाउनेछ । केन्द्रका कार्यकारी निर्देशक सूर्यप्रसाद गौतमका अनुसार सुरुमा रेडियो नेपालबाट साढे सात बजेदेखि १५ मिनेट एसएलसी कक्षा सञ्चालन हुनेछ । रेडियोबाट गणित, अंग्रेजी र विज्ञान पढाउने तयारी छ । लामो समय पढाइ अवरुद्ध भएका तराईका आठ जिल्लाका विद्यार्थीलाई प्रत्यक्ष लाभ पुग्ने गौतमको भनाइ छ । ती जिल्लाबाट ५६ हजार विद्यार्थीले एसएलसी दिँदै छन् ।

टेलिभिजनबाट पनि कक्षा सञ्चालन गर्ने गरी एसएलसी सामग्री उत्पादन भइरहेको छ । केही समयपछि नेपाल टेलिभिजनबाट साढे पाँच बजेदेखि २५ मिनेट पढाउने तयारी छ ।

About The Author

अन्य समाचारहरु: