Thu. Feb 27th, 2025

धान उत्पादन ९ वर्षकै कम

Dhan२४ मंसिर, काठमाडौं – चालू आर्थिक वर्षमा मुलुककै प्रमुख बाली धान उत्पादन १०.२२ प्रतिशतले घटेर ४२ लाख ९९ हजार मेट्रिकटनमा सीमित हुने भएको छ । यो पछिल्लो ९ वर्षयताकै न्यून उत्पादन हो । यसअघि आ व ०६३ र ६४ मा ३६ लाख ८० हजार मेट्रिकटनमात्रै उत्पादन भएको थियो ।

मौसमको प्रतिकुलताका कारण दुई वर्षदेखि धान उत्पादनमा निरन्तर कमी आएको कृषि मन्त्रालयले जनाएको छ ।

०७१ र ७२ मा ०७० र ७१ भन्दा पाँच प्रतिशत घटेर ४७ लाख ८९ हजार मेट्रिकटन उत्पादन भएको थियो । ०७० र ७१ मा भने त्यसको अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ५० लाख ४७ हजार मेट्रिकटन धान उत्पादन भएको थियो ।

पछिल्ला १७ वर्षमा सबैभन्दा कम ०६३र६४ मा ३६ लाख ८० हजार मेट्रिकटन धान उत्पादन भएको थियो । त्यसअघिका सात वर्ष र त्यसपछि अहिलेसम्म ४० लाख मेट्रिकटनभन्दा बढी नै धान उत्पादन भएको छ ।

About The Author

अन्य समाचारहरु: