Wed. Mar 12th, 2025

धादिङमा प्रजातान्त्रिक विचार समाज गठन

badri२३ मंसिर, धादिङ – प्रजातान्त्रिक संस्कृति र विचारलाई प्रवद्र्धन गर्ने उद्देश्यले २० वर्ष अघि स्थापित सामाजिक संस्था प्रजातान्त्रिक विचार समाजले बुधवार (आज) धादिङमा आफ्नो जिल्ला शाखा विस्तार गरेको छ ।

बद्री प्रसाद तिवारीको अध्यक्षतामा गठित जिल्ला शाखाको उपाध्यक्षमा मुरारी अधिकारी, सचिवमा रामचन्द्र भट्ट, कोषाध्यक्षमा टोपकुमारी श्रेष्ठ, र सहसचिवमा सिताराम रिजाल छनौट भएका छन् ।

यसै गरी शाखाका सदस्यहरुमा युवराज सुवेदी, टंककुमार श्रेष्ठ, पुष्पराज उप्रेती, रामप्रसाद अधिकारी, प्रकाश अर्याल र गोमा थापा चयन भएका छन् । शाखाका सल्लाहाकारहरुमा वासुदेव तिम्सिना राजेन्द्र प्रताप शाह र नवीन बन्धु पहाडी रहेका छन् ।

About The Author

अन्य समाचारहरु: