Thu. Feb 27th, 2025

कफि खेती तर्फ आकर्षित हुँदै नलाङका किसानहरु

Coffee-Plant२२ मंसिर,  धादिङ – कफि खेतीबाट मनग्य आम्दानी हुन थालेपछि धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ४ का किसान रामशरण सामरी अहिले खुसी छन् । वि.सं २०६७ सालमा ४ सय रोपनी जग्गामा कफिका विरुवा रोपेर सुरु गरिएको रिसोर्टले गत वर्षमै ५१ सय किलो कफि उत्पादन गरिसकेको छ । यस वर्ष उत्पादन बढेर ८ हजार देखि १० हजार किलो सम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

स्थानिय भरत रेग्मीको संयोजकत्वमा ५ जनाको समुहले हिमालय अन्टप अर्गानिक कफी रिसोर्ट बनाएर सुरु गरेका थिए । अहिले यस ठाँउमा नर्वेजियन राजदुत, युएसए, अष्टे«लिया लगायत विभिन्न १० देशका राजदुतहरुले पनि कफिका विरुवा रोपेका छन् । कफि रिसोर्टले स्थानिय स्तरमै रोजगारीको सिर्जनासंगै आन्तरिक तथा वाह्य पर्यटक भित्राउनमा पनि मद्धत पु¥याएको छ ।

धान, कमै र कोदो लगाउन छाडेर कफि खेती तर्फ आकर्षित भएका उनले अहिले गाँउमा नमुनाकै किसानको रुपमा परिचित भएका छन् । बादर र असिनापानीले  क्षति पुयाएपछि धान, मकै र कोदो लगाउन छाडेका किसानहरु कफि खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । अन्य बालीभन्दा ५ गुना बढी आम्दानी समेत लिन सकिने भएकाले पनि किसानहरुको आकर्षण कफि खेती तर्फ परेको हो ।

कफि खेती गर्न पानीको अत्यावश्यक पर्ने हुन्छ तर, बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण पानीको मुहान सुकेपछि कफिका लागि पनि पानीको अभाव देखिएको छ । कफि उत्पादन पनि सम्बन्धीत ठााउमा लैजान कठिनाई भएको छ । बाटोको अवस्था नराम्रो हुँदा  आन्तरिक तथा वाह्य पर्यटकहरु रिसोर्ट सम्म पुग्न चुनौती थपिएकोले सरकारले यस विषयमा ध्यान दिए व्यवसाय अझै फस्टाउन सक्ने कफि कृषकहरु बताउँछन् ।

About The Author

अन्य समाचारहरु: