Tue. Nov 26th, 2024

स्थापना भएको तीनवर्षपछि विद्यालयको जिम्मामा पुस्तकालय

शंकर श्रेष्ठ/२१ मंसिर, धादिङ –

Library2धादिङको ज्यामरुङ गाउँ विकास समितिमा रहेको मञ्जुश्री माध्यामिक विद्यालयमा स्थापना गरिएको पुस्तकालय आजबाट विद्यालयलाई नै हस्तान्तरण गरिएको छ ।

रुम टु रिड र प्रयास नेपालको साझेदारीमा संचालित विद्यालय पुस्तकालय कार्यक्रम अन्तर्गत सन २०१२ मा स्थापना गरिएको पुस्तकालयको आज एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । विद्यालयमा विद्यार्थीहरुको पढ्ने बानीको विकास गराउँदै पठन पाठन सहज बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको विद्यालय पुस्तकालय कार्यक्रमका सिनियर पुस्तकालय सहजकर्ता नमिता तिमल्सिनाले बताए । पुस्तकालयमा हाल विद्यार्थी, शिक्षक र अभिभावकहरुका लागि उपयोगी हुने ३ हजार एक सय ६५ ओटा पुस्तकहरु रहेका छन् ।

विद्यालयमा पुस्तकालय स्थापनापछि विद्यार्थीहरुमा पढ्नेबानीको विकास भएको र नयाँ कुराको खोजी गर्ने बानी बसेको विद्यालयका प्रधानाध्यापक रामबहादुर थापा मगरले बताए । पुस्तकालयको दिगो विकासका लागि स्थापना गरिएको पुस्तकालय कोषमा स्थानीय अभिभावकहरुबाट हालसम्म २० हजार रुपैयाँ संकलन भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: