Wed. Mar 12th, 2025

अपडेट : धादिङमा भएको दुर्घटनामा परी मृत्यु हुनेको नाम शनाखत

dhading-map_213888077२१ मंसिर,  धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको धुषा गाँउ विकास समितिको वडा नं १ चरौदी बजारमा सोमबार दिउँसो बस र माईक्रो एक आपसमा ठोक्किदा मृत्यु भएका ३ जना मध्ये २ जनाको सनाखत भएको छ ।

दुर्घटनामा परी तनहुँ घर भएका ८० वर्षका जनकराज आचार्य र सोही स्थान बस्ने १३ वर्षीय आयुष श्रेष्ठको सनाखत भएको छ भने अर्का एक जनाको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा तनहुँ चिउदी ३ बस्ने प्रेमराज आचार्य, सोही स्थान बस्ने सुसान्त आचार्य र तनहुँ १२ भन्ज्याङ बस्ने वर्ष ३४ की पार्वती श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते मध्ये प्रेमराज आचार्य र सुसान्त आचार्यको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको र पार्वती श्रेष्ठलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

About The Author

अन्य समाचारहरु: