Wed. Mar 12th, 2025

धादिङबेसी फिल्महलमा के भने विश्वविख्यात सौनक भट्टले

film hall
२० मंङसिर, धादिङ– विश्वविख्यात प्रेरक ब्यक्तित्व सौनक भट्टले शनिवार धादिङ आएर जीउने कला सिकाएका छन् । सधै फिल्म हेर्न आउने दर्शकले भरीने धादिङबेसीमा रहेका फिल्महल शनिवार भने अलि भिन्न वातावरण देखीयो । फिल्महल भित्र प्रहरी नायव उपरीक्षक सविन प्रधान, सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरु धादिङमा क्रियाशिल विभिन्न संघसस्थाका युवाहरु, विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक तथा अन्य व्यक्तिहरुको सहभागीता रहेको थियो । युवाहरुलाइ सकारात्क बाटो तर्फ डोहो¥याउनको लागि प्रेरणा प्रदान गर्ने उद्येश्यले धादिङवेशीमा प्रेरणात्मक गोष्ठीको आयोजना गरिएको थियो । लैङिगक हिंसा विरुद्धको १६ दिवसीय अभियान चलिरहेको बेला महिला र बालबालिकाहरुलाइ सम्मान गरौ भन्ने मुल नाराको साथमा आयोजना गरिएको गोष्ठीमा विश्वविख्यात प्रेरक ब्यक्तित्व सौनक भट्टले प्रशिक्षण दिनुभएको थियो । धादिङवेशीमा क्रियाशिल सृजनशिल युवाहरुको समुह वी क्यानको आयोजना, महिला ंिहंसा विरुद्धको १६ दिने अभियान मूल समारोह समिति र विभिन्न सरोकारवाला निकायहरुको सहकार्य तथा दिव्य दर्शन टेलिभिजनको ब्यवस्थापनमा गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा युवाहरुले सफलताको बाटो कसरी पहिल्याउने, सकारात्क सोचका साथ समाजमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने विषयमा गोष्ठीका बक्ता सौनक भट्टले युवाहरुलाइ प्रशिक्षण दिनुभएको थियो ।

About The Author

अन्य समाचारहरु: