Wed. Mar 12th, 2025

भूकम्पमा परी ज्यान गुमाएका १३ जनाको अझै पहिचान हुन सकेन

earth rqual१८ मंसिर, काठमाडौं । वैशाख १२ र २९ गते भएका विनाशकारी भूकम्पका क्रममा ज्यान गुमाएका १३ जनाको शव अझै पहिचान हुन सकेको छैन ।

भूकम्पबाट निधन भएका १३ जनाको शव सनाखत नभएकाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । ती शवलाई धेरै जनाले हेरेपनि पहिचान हुन सकेको छैन ।
प्रहरी निरीक्षक कृष्ण चन्दका अनुसार वैशाख १२ र २९ गते भएका विनाशकारी भूकम्पबाट मृत्यु भएकामध्ये ३८७ जनाको शव हस्तान्तरण भएको छ । तीमध्ये २३ जना भारतीय मूलका मानिस थिए । अन्य देशका झण्डै तीन दर्जन शव पनि हस्तान्तरण भए तर ती १३ वटा शवको पहिचान भने हुन नसकेको छ ।

पहिचान हुन बाँकी शवमध्ये १० वटा काठमाडौँका तथा रसुवा, भक्तपुर र दोलखाका एक एक वटा छन् । १३ वटा शवमध्ये १० वटा पुरुष र तीन महिला रहेको बताइएको छ ।

अङ्गभङ्ग भएका अन्य केही शवको पनि पहिचान हुन नसकेको बताइएको छ ।

सनाखत हुन नसकेका शवको तस्बिर, औँठाछाप, डीएनए अभिलेखीकरण गरी सुरक्षितसाथ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको शवगृहमा राखिएको छ ।

ती शव सड्न लागेपनि अन्य शवजस्तो जलाएर नष्ट पार्न पाइँदैन । भोलिका दिनमा आफन्तले ती शवबारे चासो राखेर डीएनए परीक्षण गर्न चाहेको अवस्थामा उत्खनन गर्न मिल्ने गरी गाड्नुपर्ने अन्तरराष्ट्रिय प्रचलन छ ।

प्रहरीका अनुसार अस्पतालमा अहिले सुविधासम्पन्न दुई वटा शवगृह छन् । एउटामा करिब डेढ सय र अर्कोमा ४० वटा शव राख्न सकिन्छ । गोरखापत्रबाट

About The Author

अन्य समाचारहरु: