चितवन -पूर्व कानुन तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले संविधान जारी भएको दुई वर्षभित्रमै सम्पूर्ण कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बअजबचथब
भरतपुरमा आज पत्रकारसँग कुरा गर्दै उहाँले संविधानमा तीन वर्षभित्रमा सबै कानुन बन्नुपर्ने उल्लेख भए पनि यही संसद्को बाँकी दुई वर्षे कार्यकालमा सबै कानुन बन्नसके संविधान कार्यान्वयनको पक्ष प्रभावकारी बन्ने बताए । उनका अनुसार २५० भन्दा बढी कानुन सामान्य संशोधन गरेर हुने भए पनि ४० वटा कानुन पूरै बदल्नुपर्छ । “म मन्त्री छँदा कै अवस्था कानुन निर्माणका विषयमा अध्ययन गरेको परामर्श टोलीले दिएको जानकारीअनुसार करिब ३०० वटा कानुन संशोधन र निर्माण गर्नुपर्ने हुन्छ,” उनले भने ।
संविधान जारी भएको एक हप्तामै कानुन सचिवको नेतृत्वमा काम सुरु भइसकेको बताउँदै उहाँले अहिलेसम्म संसद्मा कुनै पनि कानुन पेस नभएको जानकारी दिए । छिटो कानुन बनेर कार्यान्वयन पक्ष अगाडि बढेमा सरकार र जनतालाई सहज हुने र अहिले उठिरहेका कतिपय सवाल कानुनमार्फत नै सम्बोधन गर्न सकिने उनको भनाइ थियो । उनले भने , “छिटो कानुन बनाउन सरकारको तत्परता आवश्यक छ ।”
रासस