१४ मंसिर, धादिङ – जबरजस्ती करणी र हाडनाता करणी मुद्दा लागेर फरार रहेका एकजनालाई प्रहरीले धादिङको मैदीबाट पक्राउ गरेको छ ।
धादिङ जिल्ला मैदी गाँउ विकास समितिको वडा नं २ घर भएका ५२ वर्षीय रुद्रमान श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्दामा २०६९ असार २२ गते जिल्ला अदालत धादिङबाट १७ वर्षको कैद सजाय तोकिएको थियो । तर उनी फरार भएपछि गोष्य सूचनाका आधारमा आइतबार प्रहरीले पक्रन सफल भएको छ ।
उनलाई धादिङ जिल्ला अदालतमा १७ बर्ष कैद भुक्तान गर्न कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।