Wed. Mar 12th, 2025

कम्पनीले काम र तलब नदिएपछि साउदी अरबमा चार जना नेपाली अलपत्र

saudi nepali१४ मंसिर,  धादिङ– साउदी अरबमा चार जना नेपाली अलपत्र परेका छन् । दमाममा रहेको अलवा साउदी प्यान कम्पनीमा कार्यरत डोटिका योगेश विष्ट, सुनसरीका शिवबहादुर वस्नेत, धनुषाका रामभजन मण्डल र झापाका रामदियाल पासी अलपत्र परेका हुन् ।

कम्पनीले काम र तलब नदिएपछि उनीहरु अलपत्रमा परेका हुन् । दश महिना अघि साउदी पुगेका उनीहरुले ६ महिनासम्म केही तलब पाएपनि चार महिना अघिदेखि भने बिजोग भएको हो । कम्पनीले खानाको लागि चार जनालाई दुई सय रियाल मात्रै दिने गरेको र कामपनि कहिले काहिँ मात्रै लगाउने गरेको योगशले बताए ।

दश महिना भइसक्दा समेत कार्ड र मेडिकल रिपोर्ट समेत नबनाईदिँदा हिँडडुल गर्न समेत पाएका छैनन् । काठमाडौंको श्रीष्टी म्यानपावरमा ८५ देखि ९० हजार तिरेर उनीहरु साउदी गएका हुन् । तर अहिले अप्ठेरोमा पर्दा म्यानपावरले फोन नउठाएको उनीहरुले दुखेसो गरेका छन् ।

About The Author

अन्य समाचारहरु: