Wed. Mar 12th, 2025

मृगौला पिडित धादिङका कृष्ण शाहीलाई इजरायलबाट ८० हजार सहयोग

laxmi१२ मंसिर,  धादिङ – २७ वर्षीय मिर्गौला पीड़ित धादिङका कृष्ण शाहीलाई उपचारको लागि इजरायलबाट सहयोग प्राप्त भएको छ ।

धादिङको आगिञ्चोक गाँउ विकास समिति घर भएका पीडित शाही उपचार गराइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भइरहेको अवस्थामा इजराइलमा काम गरीरहेका राज छतकुलीको संयोजकतामा सहयोग रकम संकलन गरिएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा काम गर्दै आएका परोपकारी मनका धनी नेपाली दाजु भाई दिदीबहिनीहरुबाट उठाइएको ८०,००० रुपैयाँ परोपकारी सामाजिक संस्था लक्ष्मी प्रतिष्ठानद्वारा सहयोग हस्तान्तरण गरिएको छ ।

About The Author

अन्य समाचारहरु: