१० मंसिर, धादिङ – धादिङको ज्यामरुङ गाँउ विकास समितिको बडा नं. ५ मा रहेको कुमारीदेवी माध्यमिक विद्यालयलाई पुस्तकालय हस्तान्तरण गरिएको छ ।
रुम टु रिडको साझेदारीमा संचालित पुस्तकालय कार्यक्रम अन्र्तगत प्रयास नेपाल धादिङको सहयोगमा निर्माण गरिएको पुस्तकालयको आज एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो । २०६९ कार्तिक ७ गते स्थापना भएको पुस्तकालयमा हाल २९ सय ३९ वटा बालबालिकाका मनोबिज्ञान र उमेर अनुसारका रङ्गिचङ्गि पुस्तकहरु,पोष्टर र काठबाट निर्मित शिक्षण सहयोगी सामाग्रीहरु राखिएका छन् । बिद्यालयमा अध्ययनरत बााबलिकाहरुको पढ्ने बानीको विकास गर्न र बिद्यार्थीहरुको बुझेर पढ्ने र पढ्ने सीप बढाउन बिद्यालयहरुमा स्थापना भएको पुस्तकालयहरु निकै नै लोक प्रिय बनेको विद्यालयका प्रधानाध्यपक श्याम कुमार धरेलको भनाई छ ।
पुस्तकालय हस्तान्तरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालय धादिङका बिद्यालय निरिक्षक माधव मल्ल, अचने उमावि स्रोत केन्द्रका स्रोत व्यक्ति नीलकण्ठ रेग्मी, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, उपाध्यक्ष सविता अर्याल, छिमेकी बिद्यालयका प्रधानाध्यपकहरु लगायतले बिद्यालयमा पुस्तकालयको महत्वका र प्रयोगका बारेमा मतव्य राखेका थिए ।