Wed. Mar 12th, 2025

सरकारले भूकम्प अतिप्रभावित जिल्लामा ५० आवास बनाउने

Office-of-he-Prime-Minister-of-Nepal१० मंसिर, धादिङ – सरकारले भूकम्प अतिप्रभावित जिल्लाहरुमा ५० वटा अस्थायी आवास निर्माण गर्ने भएको छ ।

बिहीबार विहान बसेको मन्त्रिपरिषद बैठकले अस्थायी टहरोमा बस्दै आएका भूकम्प पीडितहरुलाई जाडोमा थप समस्या भोग्न नपरोस् भनेर ५० वटा सामुहिक आवास बनाउने निर्णय गरेको हो ।

त्यसका लागि सरकारले कार्यवधि पास गराउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री शेरधन राइले जानकारी दिए ।

यस्तै जर्मनीबाट प्राप्त हुने अनुदान रकम पनि स्वीकार गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ ।

About The Author

अन्य समाचारहरु: