१ मङ्सिर, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले महापर्व छठले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै संविधानको प्रभावकारी कार्यान्वयनका साथ समृद्ध राष्ट्र निर्माण गर्न हातेमालो गर्दै अगाडि बढ्न प्रेरणा देओस् भन्ने कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले सूर्य देवता र छठीमाताको पूजाआराधना गरी मनाइने छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी हुन ।
शुभकामना सन्देशमा भण्डारीले यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनका माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने तथा खुसी एवम् मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र समाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पु¥याउने पनि उल्लेख गरेकी छिन् ।
यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटामा अगाडि बढाउन छठ पर्वबाट प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन ।
छठ पर्वको अवसरमा समस्त देशवासी दाजुभाइ तथा दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले सबैमा भाइचारा, एकता र आत्मीयताका लागि शुभकामना व्यक्त गरेकी हुन ।रासस