Tue. Mar 11th, 2025

कतारमा रहेका नेपाली कामदारको अवस्था बुझ्न आयोग प्रस्थान

qatar२९ कात्तिक, काठमाडौं – आप्रवासी कामदारको विषयमा छलफल गर्न राष्ट्रिय मानव अधिकार आयोगको एक प्रतिनिधिमण्डल कतार प्रस्थान गरेको छ ।

आयोगका अध्यक्ष अनुपकुमार शर्माको नेतृत्वमा रहेको तीन सदस्यीय टोली शनिबार कतार प्रस्थान गरेको हो ।

आयोगले जारी गरेको विज्ञप्तिअनुसार त्यहाँ रहँदा प्रतिनिधिमण्डलले कतारको राष्ट्रिय मानव अधिकार समितिका अध्यक्षसँग भेटघाट तथा छलफल गर्नेछ ।

यस्तै कतारस्थित आप्रवासी नेपाली कामदारको मानवअधिकार संरक्षण तथा सम्बद्र्धनका लागि आवश्यक पहल गर्नेछ ।

भ्रमणका क्रममा आप्रवासी कामदारको सम्बन्धमा दुई आयोगबीच सहकार्य, समन्वय र सूचना आदानप्रदानका विषयमा छलफल हुने आयोगले जनाएको छ ।

आयोगका कायम मुकायम सचिव वेदप्रसाद भट्टराईले जारी गर्नुभएको विज्ञप्तिअनुसार भ्रमणमा दुई पक्षीय मानव अधिकारको चासो तथा आपसी हितका विषयमा छलफल हुनेछ । प्रतिनिधिमण्डल आगामी मङ्सिर १ गते स्वदेश फर्कनेछ । रासस

About The Author

अन्य समाचारहरु: