धादिङ -धादिङको नीलकण्ठ नगरपालिका १२ सांकोषमा विसौनी घरको निर्माण गरिएको छ ।
बाटोमा आवातजावत गर्ने क्रममा थकान मेट्न सजिलो होस् भन्ने उद्देश्यले सांकोषका दुई दाजुभाई गोविन्द र कुमार घिमिरेको सहयोगमा बनाइएको हो ।
विसौनी घर कुल ४० हजार ४ सय ५५ रुपैयाको लागतमा निर्माण गरिएको हो । विसौनी घर बनिसकेपछि उत्तरी धादिङको सेतुङ, लापा, झार्लाङ लगायतका गाँउ विकास समितिमा आवात जावत गर्ने मानिसहरुका लागि सजिलो हुने स्थानीयहरुले जानकारी दिएको छ । आवातजावत गर्दा आराम गर्ने, ओत लाग्ने गरी विसौनी घरको निर्माण गरिएको छ ।