Thu. Feb 27th, 2025

वेनिघाटका किसानलाई दुइ दिने बाख्रापालन तालिम प्रदान

goat1
२४ कात्तिक, धादिङ – धादिङ जिल्लाको वेनिघाट गाउँ विकास समितिको वडा नम्वर ९ माथिल्लो ओरवाङका किसानलाई वाख्रा पालन तालिम दिइएको छ ।

बाख्रा पालन व्यवसाय मार्फत चेपाङ समुदायको आय आर्जनमा वृद्दि गरी खाद्य अवस्थामा सुधार गर्ने र चेपाङ समुदायमा कुपोषण न्यूनिकरण गर्न सहयोग पु¥याउने उद्देश्यले दुई दिने तालिमको आयोजना गरिएको हो । शान्ति नेपालद्धारा सञ्चालित पोषण तथा खाद्य सुरक्षा कार्यक्रम अन्तरगत सञ्चालन गरिएको तालिममा माथिल्लो ओरवाङ आमा समुहका ३२ जना सदस्यहरुको सहभागिता रहेको थियो ।

तालिममा नेपालमा बाख्रा पालनको अवस्था, बाख्रा पालनको अवश्यकता तथा महत्व, बाख्राको जात तथा तीनका विशेषताहरु, बाख्राको खोर तथा गोठको व्यवस्थापन, घाँस तथा आहारा व्यवस्थापनका विषयमा सहभागिहरुलाई जानकारी गराईएको थियो । यसै गरी बाखा्रमा लाग्ने रोग, रोगको लक्षण, रोकथाम तथा यसको उपचार र आन्तरिक तथा वाह्य परजीविको रोकथाम तथा उपचारका विषयमा समेत जानकारी गराइएको थियो ।

तालिममा गर्भिणी बाख्रा तथा पाठापाठीको स्याहार सुसार गर्ने तरिका, व्यवसायिक बाख्रा पालनका लागि बोका बाख्राको छनौट गर्ने तरिका र बाख्रामा हाडनाता प्रजनन गराउँदा हुने वेफाइदाका विषयमा शान्ति नेपालका पशु प्राविधिक उद्दब चेपाङले सहजिकरण गरेका थिए । तालिममा सहभागिहरुले बाख्राको खोर सुधार गरी व्यवस्थित तरिकाले बाख्रा पालन व्यवसाय गर्ने प्रतिवद्दता समेत जनाएको वेनिघाटबाट शान्ति नेपालका सामुदायिक विकास सहजकर्ता राजेन्द्र चेपाङले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: