२३ कात्तिक, धादिङ – जिल्ला कृषि विकास कार्यलय धादिङले आगामी वर्षदेखि धादिङ जिल्लामा क्रियाशिल एकजना पत्रकारलाई “कृषि पत्रकारीता पुरस्कार” प्रदान गर्ने भएको छ ।
विश्व खाद्य दिवसको अवसर पारेर सोमबार धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा पुरस्कारको घोषणा गरिएको हो ।
कृषि क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद सहित सम्मान गरिने जिल्ला कृषि कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले जानकारी दिए । पुरस्कार विश्व खाद्य दिवसको अवसर पारेर प्रदान गरिने समेत जानकारी गराइएको छ ।