२३ कात्तिक, काठमाडौं -प्रधानमन्त्री केपी ओलीले एक–दुई दिनभित्रै नाकाबन्दी खुकुलो हुने बताएका छन् ।
आइतबार बालुवाटारमा आपूर्ति, अर्थ, गृह, परराष्ट्र, भौतिक पूर्वाधारमन्त्री र ती मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै उनले त्यस्तो संकेत आफूले पाएको बताएको छ ।
‘मैले विभिन्न माध्यममार्फत कुराकानी गर्दा एक–दुईभित्रै नाकाबन्दी केही खुकुलो हुने संकेत पाएको छु, त्यसपछि क्रमशस् सहज वातावरण बन्दै जान्छ,’ ओलीको भनाइ उद्धृत गर्दै एक सचिवले भने, ‘तपाईंहरू नाका खुल्नासाथ कसरी वस्तुहरू फटाफट ल्याउने भन्नेमा आजैदेखि जुट्नुहोस् ।’ नयाँ पत्रिकाबाट