१८ कात्तिक, धादिङ – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे ९ चिनिमेलमा बुधबार साँझ दुर्घटनामा हुँदा एक जना गम्धीर घाईते भएका छन् ।
काठमाण्डौँका लागि गुडेको बा २ च ३४९० नम्बरको ल्याण्ड क्रुजर गाडिले धार्केबाट बैरेनी तर्फ जाँदै गरेको बा ५४ प ८८९४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार रिम्स नेपाल बैरेनीका झम्क खड्का घाईते भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
घाईते खड्काको उपचारका लागि काठमाण्डौँ स्थित गणेशमान मेमोरीयल अस्पतालमा उपचार भइरहेको छ । खड्काको दाहिने खुट्टामा गम्भिर चोट लागेको छ ।