Tue. Mar 11th, 2025

धादिङबेसीमा आजदेखि लोडसेडिङ सुरु (तालिका सहित)

१८ कात्तिक,  धादिङ – धादिङबेसीमा लोडसेडिङ सुरु भएको छ । आजदेखि प्रत्येक दिन १ घण्टाका दरले लोडसेडिङ हुने नेपाल विद्युत प्राधिकरण धादिङले जनाएको छ ।

आज धादिङबेसी क्षेत्र । मुरलीभन्ज्याङ क्षेत्रमा बेलुका ५ः३० बजेदेखि ६ः३० बजेसम्म लोडसेडिङ गरिएको छ । भने सुनौलाबजार क्षेत्रमा बेलुकी ६ः३० बजेदेखि ७ः३० बजेसम्म लोडसेडिङ गरिएको छ ।

भूकम्पअघि लोडसेडिङ जाने गरिएको भएतापनि भूकम्पले क्षेत्रमा असर पु¥याएपछि लोडसेडिङ जान छोडेको थियो । अहिले जाढो बढेसँगै ओभर लोडका कारण लोडसेडिङ गर्नु परेको नेपाल विद्युत प्राधिकरण धादिङका केन्द्र प्रमुख सत्यनारायण गामीले जानकारी दिए ।

लोडसेडिङ जान थालेपछि स्थानीयहरु थप मर्कामा परेका छन् । एकातिर भारतले गरेको अघोषित नाकाबन्दीले ग्यासको अभाव खेपिरहेको स्थानीयलाई लोडसेडिङ गर्दा राइस कुकर, हिटर विद्युतीय उपकरण चलाउन नपाउदा समस्यामा परेका हुन् ।
लोडसेडिङ तालिका हेनुहोस्

loadsering dhading 1

About The Author

अन्य समाचारहरु: