१२ कात्तिक. धादिङ – नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले विहिबार पद तथा गोपनियताको शपथ लिएकी छिन् ।
दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा भएको विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट शपथ लिएकी हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री, सभामुखलगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नेपाली सेनाले डा। रामवरण यादवको सम्मान गरेपछि नवनिर्वाचित राष्ट्रपति भण्डारीको शपथ ग्रहण सुरु भएको हो । भण्डारीको शपथ ग्रहणमा नेपाली सेनाले सम्मान अर्पण समेत गरेका थिए ।