Tue. Nov 26th, 2024

जलविद्युत लगानी कम्पनीको साधारण सेयर खुल्यो

jalbudhat company
काठमाडौं – जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसीएल)ले आजदेखि आवेदन खुल्ला गरेको छ । नेपाल सरकारको स्वामित्वमा रहेको कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ बराबरको साधारण सेयरका लागि खुल्ला गरेको हो । आवेदनका लागि कात्तिक २० गतेसम्म म्याद दिइएको छ ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषलाई दिएको छ । एनएमबी क्यापिटल र एनसीएम मर्चेण्ट बैंकिंगभने सहायक बिक्री प्रबन्धक छन् । कम्पनीले सामुहिक लगानी कोषहरुका लागि यसअघि नै १० लाख कित्ता बाँडफाँट गरिसकेको कम्पनिले जनाएको छ ।

प्रतिकित्ता सय रुपैंयाका दरले न्युनतम ५० कित्ता अर्थात् ५ हजार रुपैंयादेखि अधिकतम ५० लाख कित्ता अर्थात ५० करोड रुपैंयासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । लगानी कोषका कार्यालयलगायत २० वटा कम्पनीका कार्यालयहरुमा आबेदन फारम लिएर आइपिओ भर्न सकिनेछ ।

जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्यले २०६८ साउनमा स्थापना भएको कम्पनीको अधिकृत पुँजी ५० अर्ब, चुक्ता पुँजी ८ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले कुल पुँजीको २५ प्रतिशत सर्वसाधारणमा सेयर जारी गरि उठाउन लागेको हो । कम्पनीले २० देखि ८२ मेगावाटसम्मका गरी २ सय ७१ मेगावाट बराबरका विभिन्न ८ वटा जलविद्युत आयोजनाहरुमा ४३ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: