Tue. Nov 26th, 2024

सामुदायिक विद्यालयलाई १० लाख दिने स्वतः व्यवस्थापन समितिमा

१० कात्तिक, काठमाडौं – सामुदायिक विद्यालयमा कम्तीमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिले स्वतः सदस्य बनाउन पाउने भएका छन् ।

फाइल फोटो
फाइल फोटो

शिक्षा मन्त्रालयले शिक्षा ऐन संशोधन गरी विद्यालयलाई १० लाख रुपैयाँ वा सो भन्दा बढी नगद सहयोग वा जिन्सी सहयोग गर्ने व्यक्तिलाई विद्यालय व्यवस्थापन समिति सदस्य बन्न पाउने व्यवस्था गर्न लागिएको  छ ।

विद्यालयलाई आर्थिक रुपमा सम्पन्न गराउन त्यस्ता व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिमा प्रवेशका लागि प्रेरित गर्न खोजिएको मन्त्रालयका पदाधिकारीहरुको भनाइ छ । त्यस्तै, विद्यार्थीलाई संरक्षकत्व प्रदान गर्ने संस्थासमेत अभिभावक बन्न सक्ने कानुनी व्यवस्था गर्न लागिएको छ ।
गोरखापत्रबाट

About The Author

अन्य समाचारहरु: