Tue. Mar 11th, 2025

फरार रहेका धादिङ सत्यदेवीका तामाङ पक्राउ

yek tamang happa
८ कात्तिक, धादिङ – जिल्ला प्रहरी कार्यलय धादिङले हातहतियार तथा खरखजना मुद्दा लागेर फरार रहेका एक युवकलाई शनिबार पक्राउ गरेको छ ।

धादिङको सत्यदेवी गाँउ विकास समितिको वडा नं.८ रापचोक बस्ने २८ वर्षका मिलन भन्ने एक बहादुर तामाङ्गलाई धादिङवेशी बजारमा लुकी छिपी गरी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । तामाङ असार ४ गतेदेखि फरार थिए ।

तामाङसँगै धादिङ दार्खा ९ घर भई हाल निलकण्ठ न.पा.वडा नं.३ पहरे चौतारा बस्ने वर्ष ३० को हाप्पा भन्ने सुर्य बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय अपराध महाशाखा काठमाण्डौ पठाईएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: