८ कात्तिक, काठमाडौं – मलेसियाको मलक्काबाट १४ ना नेपाली पक्राउ परेका छन् ।
अवैध रुपमा काम गर्दै आएको आरोपमा पक्राउ परेका हुन्। मलक्का अधिकारीले शनिबार अवैधरुपमा काम गर्दै आएका एक सय ३९ जना विदेशी कामदारलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने विदेशी कामदार मध्ये १४ जना नेपाली रहेको मलेसियाको राष्ट्रिय समाचार संस्था बर्नामाले जनाएको छ । नेपालीसँगै पक्राउ पर्नेमा बंगलादेशका एक सय २०, म्यानमारका चार तथा इन्डोनेशियाका एक जना रहेको समाचार संस्थाले जनाएको छ ।
पक्राउ पर्ने सबै २० देखि ४५ वर्षसम्मका छन् । मलाक्काको इमिग्रेसन विभागले आधिकारी दुई जनासँग यात्राका लागि चाहिने कागजात नरहेको र अरुले सीमा अनुमति पत्रका लागि पूरा गर्नु पर्ने शर्त पुरा नगरेकाले पक्राउ गरिएको जनाएको छ ।