३ कात्तिक, मलेसिया – मलेसियामा एक नेपालीको सुतेकै अब्स्थामा ज्यान गएको छ । धादिङको निलकण्ठ नगरपालिका १० घर भएका दिल बहादुर गुरुङको सोमबार सुतेकै अबस्थामा ज्यान गएको हो।
मृतक गुरुङ ११ महिना पहिले काठमाडौको सामाखुसी स्थिति निम्बुस ह्युमन रिसर्च बाट एक लाख चालीस हजार तिरेर मलेसियाको शाहआममा रहेको तोङ्नाम ट्रान्फोर कम्पनीमा काम गर्दै आएका थिए ।
आइतबार बेलुकासँगै खाना खाएर सकुसल सुतेका गुरुङ सोमबार बिहान काममा जाने बेला उठाउदा नउठेको सोही होस्टलमा बस्ने नेपालीले बताए । पटक पटक बोलाउदा समेत नबोलेपछि कम्पनिलाई खबर गरेको पनि बताए । हाल मृतकको शब पोस्टमार्टमका लागि नजिकैको क्लाङ हस्पिटलमा राखिएको कम्पनीले जनाएको छ । मृतक दिल बहादुर गुरुङका आमा बुबा एक छोरा एक छोरी र श्रीमती छन् ।