२ कात्तिक, धादिङ – नेकपा एमाले धादिङले सोमबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नजिकिरहेको नेपालीहरुको महान् चाड विजयादशमी तथा शुभदिपावलीको अवसर पारेर सोमबार पार्टी कार्यलय धादिङबेसी मदरआश्रित स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा एक आपसमा शुभकामना आदानप्रदान गर्दै मुलुकले नयाँ संविधान पाएकोमा खुसी व्यक्त गरेका थिए । भारत र अमेरिकाको भन्दा नेपालको संविधानले सम्पूर्ण नेपालीहरुको भावनालाई समेटिएको पनि कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय अध्यक्ष खेम लोहनी, धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, प्रहरी नायव उपरीक्षक सविन प्रधान, राजनैतिक दलको प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, पार्टीका कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।