Tue. Mar 11th, 2025

चार लाख ७९ हजार परिवार टहरोमा दसैं मनाउँदै

Aastai Tahara

२ कात्तिक, काठमाडौं – वैशाख १२ को भूकम्पले घरबार गुमेका लाखौं नेपाली यसपालि टहरोमा दसैं मनाउँदै छन् । त्यसमा पनि भारतको अघोषित नाकाबन्दीका कारण यो वर्षको दसैं कष्टकर बनेको छ ।

गृह मन्त्रालयका अनुसार चार लाख ७९ हजार नेपालीको घर भूकम्पले पूर्ण रुपमा क्षति भएको छ । उनीहरुलाई सात महिनादेखि अस्थायी टहरोमा बस्दै आएका छन् । सरकारले जस्ता किन्न १५ हजार रुपैयाँ र केही खाद्यान्नबाहेक अरु सहयोग गर्न सकेको छैन् ।

दसैंका बेलामा समेत सरकारले केही सहयोग गरेन । १२ वैशाख र त्यसपछि आएका भूकम्पको परकम्पमा आठ हजार आठ सय ५५ जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांक छ । उनीहरुका परिवारलाई सरकारले एक लाख राहत र ४० हजार रुपैयाँ किरिया खर्च दिएको थियो । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: