Mon. Mar 10th, 2025

उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

police 1
३० असोज,  धादिङ – भूकम्पको समयमा उत्कृष्ट काम गरेको भन्दै प्रहरी जवान जगमोहन शाह सम्मानीत भएका छन् ।

६० औँ प्रहरी दिवसको अवसर पारेर पुरस्कृत गरिएको हो । त्यस्तै वर्षभरी उत्कृष्ट सञ्चार पु¥याएको भन्दै प्रहरी जवान संगीता दाहाल पनि पुरस्कृत भएका छन् ।

police 2

दिवसकै अवसरमा जिल्ला प्रहरी कार्यलय धादिङले आयोजना गरेको अन्तर खुल्ला डबल ब्याडमिन्टन प्रतियोगीतामा प्रथम, द्धितिीय र तृतीय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगीतामा  हवल्दार रामकृष्ण थापा र प्रहरी जवान पोषण चौधरी प्रथम, प्रहरी नायव उपरीक्षक सविन प्रधान द्धितिय र प्रहरी सहायक निरीक्षक खिम बहादुर जिसी, प्रहरी जवान सन्त बहादुर भोलन, प्रहरी निरीक्षक ओम प्रकाश वाग्ले र प्रहरी सहायक निरीक्षक गणेश लामा तृतीय भएका थिए । त्यसैगरी टेबलटेनिस प्रतियोगीतामा प्रहरी जवान सन्त बहादुर भोलन प्रथम भएका थिए ।

त्यसैगरी प्रहरी दिवसकै अवसरमा जिल्ला शिक्षा कार्यलय धादिङ र जिल्ला प्रहरी कार्यलय धादिङको संयुक्त आयोजनामा भएको प्रहरी मेरो साथी भन्ने भावना भएको चित्रकला प्रतियोगीमा विजयीहरुलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

पुरस्कार शनिबार एक कार्यक्रमको आयोजना गरी धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेद्धारा वितरण गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: