Mon. Mar 10th, 2025

धादिङको वेनिघाटमा सरसफाई कार्यक्रम सम्पन्न

sarsafai 5
धादिङ – धादिङ जिल्लाको वेनिघाट गाउँ विकास समितिको वडा नम्वर ८ वेनिघाट वजार सरसफाई कार्यक्रम विहिबार सम्पन्न भएको छ । खानेपानी तथा सरसरफाई स्वच्छता समन्वय समिति वेनिघाट, शान्ति नेपाल र अक्सफार्मको संयुक्त अयोजनामा भएको कार्यक्रममा एक सय पचास जनाकाmे सहभागिता रहेको थियो ।

वेनिघाट गाउँ विकास समितिका सचिव चुडामणी पुरीको अध्यक्षतामा सम्पन्न सरसफाई अभियोन कार्यक्रममा जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्यालको आतिथ्य रहेको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति वेनिघाटका पदाधिकारी, आमा समुह सञ्जाल वेनिघाटका पदाधिकारी, कारु ट्रस्टका पदाधिकारी, आमा समुहका प्रतिनिधिहरुको सहभागिता रहेको शान्ति नेपालका फिल्ड सुपरभाइजर विष्णु भट्टले जानकारी दिनुभयो । यसै गरी धुषा गाउँ विकास समितिको वडा नम्वर १ चरौँदीमा पनि विश्व हात धुने दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति धुषा, शान्ति नेपाल र अक्सफार्मको आयोजनामा भएको कार्यक्रममा तीन सय जनाको सहभागिता रहेको ुथियो । कार्यक्रममा धुषा गाउँ विकास समितिका सहायक सचिव विष्ण थपलिया, खानेपानी तथा सरसफाई समिति धुषाका सदस्यहरु हेमनाथ थतपलिया, दिपकान्त थपलिया, रमेश छत्कुली, जितेन्द्र चेपाङ, धुषा स्वास्थ्य चौकीका शान्ता थपलिया, आमा समुह सञ्जालका अध्यक्ष गोमा सिल्वाल, वडा नागरिक मन्चका संयोजक वज्र वहादुर थपलिया, परिवर्तनशील आमा समुहका प्रतिनिधि, स्थाीनय विद्यालयको शिक्षक, समाजेसेवी तथा वुद्दिजिविहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा धुषा १ चरौँदी पुलदेखी घुम्तीसम्म एक समुह, धुषा १ खटौटी पुलदेखी घुम्तीसम्म र धुषाटारदेखी घुम्तीसम्म एक समुह गरी ३ वटा समुहमा विभाजन गरी सरसफाई अभियान सञ्चालन गरिएको थियो । यसै गरी सरसफाई कार्यक्रम पश्चात कार्यक्रममा सहभागीहरुलाई हात धनुपर्ने कारणहरु, हात नधुंदा लाग्ने रोगहरु, हात धुने तरिकाका विषयमा समेत सहजिकरण गरिएको शान्ति नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता विष्णुमाया चेपाङले जानकारी दिनुभयो । नलाङ गाउँ विकास समितिको वडा नम्वर ६ जलेश्वरी प्राथमिक विद्यालयमा १९ जनाको सहभागितामा सरसफाई सम्वन्धि व्यवहारिक स्वास्थ्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

About The Author

अन्य समाचारहरु: