Mon. Mar 10th, 2025

फोकस नेपाल धादिङको साधारणसभा सम्पन्न

focus nepal
धादिङ – सामुदायिक उत्थान पदतिका लागि मञ्च (फोकस नेपाल) धादिङको १३ बार्षिक साधारण सभा विहिबार धादिङबेंसीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष हेमराज छत्कुलीको अध्यक्षताका सम्पन्न कार्यक्रममा धादिङका स्थानीय विकास अधिकारी भगवान अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गणेश ढकाल, गैर सरकारी संस्था महसंघ जिल्ला शाखा धादिङका अध्यक्ष दामोदर अर्याल, नेपाल पत्रकार महासंघ धादिङका सहसचिव मनिष दुवाडी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका महासचिव कविन्द्र बुर्लाकोटिले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजाराम सिटौलाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले धादिङ सहित मकवानपुर, गोरखा जिल्लामा गरीवी निवारण, जीविकोर्पान, खानेपानी तथा सरसफाई, वातावरण लगायतका कार्यक्रमहरु सञलन गर्दै आइरहेको छ ।

About The Author

अन्य समाचारहरु: