धादिङ – धादिङको पीडामा रहेको गाविस स्तरीय बालक्लब सञ्जालको शनिबार पुर्नगठन गरिएको छ ।
गाविस भरीका सम्पूर्ण बालक्लबको भेलाले रामबहादुर भण्डारीको अध्यक्षतामा सञ्जालको पुर्नगठन गरिएको हो । सञ्जालमा २२ वटा क्लबका प्रतिनिधिहरु रहने गरी निर्णय गरिएको छ । सञ्जाललाई प्राप्त बजेटलाई बाल अधिकारका क्षेत्रमा खर्च गर्ने अध्यक्ष भण्डारलिे प्रतिबद्धता समेत व्यक्त गरे ।
समितिले क्रैमासिक रुपमा बैठक बसी विभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ । आगामी दिनाहरुमा बालबालिकाहरुको सीप तथा क्षमताहरुको विकासका लागि कार्यक्रमहरु गर्ने क्लबले जानकारी दिएको छ । कार्यक्रममा गजुरी पीडा उमाविका शिक्षकहरुको सहभागीता रहेको थियो ।