२३ असोज, काठमाडौं – वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले मलेसिया र कुवेतको डिटेन्सन क्याम्पमा रहेका नेपाली कामदारलाई उद्धारका लागि रकम पठाउने भएको छ ।
मलेसियाबाट दुई सय एक जना कामदार र कुवेतबाट १४ जना महिला कामदारलाई उद्धार गरी नेपाल ल्याउनका लागि बोर्डले रकम पठाउने निर्णय गरेको छ ।
मलेसियामा विभिन्न आरोपमा जेल परेका र गैरकानुनी हैसियतमा रहेका नेपालीलाई घरफिर्ती केन्द्रमा राख्ने गरिन्छ । केन्द्रमा करिब सात सय नेपाली भए पनि तत्काल दुई सय एक जनालाई उद्धार गर्न बोर्डले २० लाख रुपैयाँ पठाउने निर्णय गरेको हो ।
नयाँ पत्रिकाबाट