गोरखा – गोरखा बजारका विभिन्न होटलमा श्रम गर्दै आएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय गोरखाले घर फर्काउने अभियान सुरु गरेको छ । बजारका करिब ५० वटा होटलमा जाँच गर्ने क्रममा प्रहरीले अनधिकृत रूपमा काममा लगाइरहेका पाँच बालबालिकालाई उद्धार गरेको जनाएको छ ।
“सदरमुकामका ५० वटा होटलमा खोजी ग¥यौँ” प्रहरी निरीक्षक दीपक श्रेष्ठले भन्नुभयो – “पहिलो दिनमै हामीले १६ वर्षभन्दा मुनिका पाँच बालबालिकालाई उद्धार ग¥यौँ ।” उद्धार गरिएका बालबालिकालाई जिल्ला बालकल्याण समितिको जिम्मा लगाएको छ । समितिले तत्कालका लागि ट्रान्जिट होममा पठाएको जिल्ला बालअधिकार अधिकृत कमल श्रेष्ठले बताए ।
“उद्धार गरिएका सबैजना भारतीय मूलका हुन् । उनीहरूको आमाबुबालाई बोलाएर एकहप्ताभित्रै जिम्मा लगाई पठाउँछौँ”– श्रेष्ठले भने । आजदेखि सदरमुकामका अन्य होटल र बजारमा पनि छापा मार्ने प्रहरी नायब उपरीक्षक वसन्त रजौरेले बताए । “नेपालको कानुनअनुसार १६ वर्षमुनिका बालबालिकालाई काममा लगाउन पाइँदैन” उनले भने – “तर गोरखाका विभिन्न होटलमा बालश्रमिक छन् भन्ने जानकारी आयो । हाम्रो टोलीले खोजी गरी पाँचजनाको उद्धार ग¥यो, अझै खोजीकार्य जारी राख्नेछौँ ।” रासस