युएई– प्रवासमा रहेर समाजको लागि केहि गरौं भन्ने सोचका साथ स्थापना भएको ‘धादिङ समाज युएई’ क्यान्सर पीडित धादिङकी हेमन्त कुमारी मगरलाई आर्थिक सहयोग गरेको छ ।
समाजले धादिङ निलकण्ठ नगरपालिका ९ मैदीकी मगरलाई ७५७३५ रुपयाँ आर्थिक सहयोग गरेको समाजका संरक्षक भुवन गुरुङले रातोपाटीलाई जानकारी दिए ।
लामो समयदेखि काठमाडौंको बानेश्वस्थित सिभिल हस्पिटलमा उपचार गराइरहेकी उनको अवस्था कमजोर रहेका भनि जिल्ला स्वास्थ्य कार्यालय र सिभिल हस्पिटलले समेत सहयोगको लागि गरेको सिफारिसका आधारमा सो सहयोग गरिएको गुरुङले बताए ।
धादिङबाट युएई आई विभिन्न पेशा व्यवसाय गरि बसेका व्यक्तित्वहरुबाट संकलन गरि गंगाबुस्थित टुरिजम डेभलपमेन्ट बैंकमार्फत रकम प्रदान गरिएको हो ।
रकम संरक्षक गुरुङको श्रीमती राममाया र कोषाअध्यक्ष बिकास गुरुङको श्रीमती दिपा गुरुङ द्वारा हस्तान्तरण गरिएको थियो ।