१४ असोज, धादिङ – धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं ३ महादेवबेसीमा विहिबार साँझ रोकिराखेको हाइसमा ट्रक ठोक्किदा प्रहरी हवल्दार सुदर्शन हुमागाई सहित ४ जनाको मृत्यु भएको छ ।
धादिङको वैरेनीबाट काठमाडौका लागि हिडेको बा ३ ख ४८२७ नम्बरको ट्रिफरले बा २ ख ४१३१ नम्बरको हाइसलाई ठक्कर दिँदा बस वरिपरी रहेका ३ जनाको घटनास्थल र १ जनाको उपचारका लागि काठमाडौँ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि ३ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ ।