१४ असोज, काठमाडौँ – खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले बिहीबार अपराहृन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।
मन्त्री पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकाले उहाँलाई सहयोग गर्न राजीनामा दिएको बताए । आफूले ऐन नियम र कार्यविधि नाघेर कुनै काम नगरेको बताउँदै पौडेलले प्रधानमन्त्रीले राजीनामा मागेकै कारण पदबाट राजीनामा दिएको प्रष्ट पारे ।
राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्तिमा अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कोइरालालाई पदबाट हटाउन सिफारिस गरेको थियो ।