Tue. Mar 4th, 2025

प्रधानमन्त्री कोइरालाको सट्टा उपप्रधानमन्त्री सिंह न्युयोर्क जाने

prakash man singh

काठमाडौं– विकसित राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंह जानु हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन प्रधानमन्त्री कोइराला बुधबार साँझ न्युयोर्क जाने पूर्व निर्धारित कार्यक्रम थियो । मुख्य तीन दलको बैठकमा प्रधानमन्त्रीलाई न्युयोर्क भ्रमण रद्द गर्न दबाब परेपछि उपप्रधानमन्त्री सिंहलाई पठाइने भएको हो ।

संविधानप्रति असन्तुष्टी राख्दै आन्दोलन गरिरहेका दलसँगको वार्ता छाडेर भ्रमणमा नजान कोइरालामाथि दबाब परेको थियो । उपप्रधानमन्त्री सिंहसँग प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि जानुहुने भएको छ ।

About The Author

अन्य समाचारहरु: