धादिङ – धादिङको नीलकण्ठ नगरपालिका स्थित वडा नं। ७ मा रहेको उज्यालो बहुउद्देश्यीय सरकारी संस्थाले व्यवसायीक दुग्ध उत्पादनका लागि सहकारी संस्थामा आवद्ध किसानहरुलाई दिएको तीन दिने तालिम सोमबार सकिइको छ ।
व्यवसायीक कृषि तथा व्यापार आयोजना (प्याक्ट्) संगको साझेदारीमा संचालन गरिरहेको दुग्घ उत्पादन, संकलन, तथा बजारिकरण’ उप–आयोजनामा आबद्ध किसानहरुका लागि संचालित ‘आधारभूत गाईभैंसी पालन’ का लागि सहकारी संस्थाको आयोजनामा तालिम दिइएको हो ।
तालिममा ३० जना कृषकहरुको सहभागिता रहेको थियो ।
दुग्ध उत्पानदनलाई विशेष जोड दिई सुरु गरिएको तालिममा पशु स्वास्थ्य प्राविविधक बच्चाबाबु पाण्डे, पशू सेवा प्राविधिक जोगेश्वर चौधरी र जिल्ला पशु सेवा कार्यलय धादिङका नायव पशु स्वास्थ्य प्राविधिक कृष्णप्रसुाद कोइरालाले सहजिकरण गरेका थिए ।
सहकारी संस्थाले यसअघि नै व्यवसायीक दुग्ध संकलनका लागि केन्द्रको भवन निर्माण, सफ्वेयर सहितको कम्प्यूटराईज् मिल्क एनालाईजर सेट जडान कार्य सम्पन्न गर्नुका साथै किसानहरुलाई दुग्ध उत्पादन भैरहेका विभिन्न केन्द्रहरुको अध्ययन भ्रमण समेत गराईसकेको छ ।
गाईभेंसी पालनका लागि ७ वटा आधुनिक गोठ यस वर्ष निर्माण गरिएको र आगामी वर्ष थप ४१ वटा आधुनिक गोठ निर्माणका कार्यक्रम सहित सहकारी संस्थाले काम गरिरहेको बताइएको छ । आगामी वर्षदेखी संस्थाले सोही केन्द्रबाट प्रतिदिन १ हजार लिटर दुग्ध संकलनको गर्ने लक्ष्य समेत दिइएको संस्थाका अध्यक्ष विष्णुप्रसाद कोइरालाले बताए ।