Mon. Mar 10th, 2025

साउदीको जिद्दामा २४ नेपाली युवा अलपत्र

१ असोज, नवलपरासी – नेपालबाट करिब एक महिना अघि पैसा कमाउने सपना बोकेर साउदी अरब गएका २४ जना नेपाली जिद्दामा अलपत्र परेका छन् । २८ दिनदेखि अलपत्र परेको र अहिलेसम्म काम समेत नपाएको उनीहरुले दुखेसो गरेका छन् ।

चितवन शारदानगरका सुमन गैरेका अनुसार साउदी पुगेदेखि उनीहरु २४ जनालाई एउटै कोठामा राखिएको छ भने पर्याप्त खाना समेत दिइएको छैन । सुमन गैरेले टेलिफोन सम्पर्क र फेसबुक च्याट मार्फत यस्तो जानकारी गराए । फोन र इन्टरनेट चलाउन समेत नदिइएको र मुस्किलले सम्पर्क गरेको भन्दै गैरेले उद्दारका लागि पहल गरिदिन आग्रह गरे ।

ललितपुरको धोबिघाटस्थित प्यारामाउन्ट मेनपावर कम्पनी र सृष्टि मेनपावर कम्पनीलाई एक महिना अघि प्रतिव्यक्ति एकलाख देखि १ लाख २० हजार रुपैयाँका दरले रकम बुझाएर २४ जना नेपाली साउदी आएको गैरेले बताएका छन् । उनले नेपालबाट काम गर्न भनि पठाइएको कम्पनी साउदीमा नपाइएको जानकारी समेत दिए ।अब्दुल रहमान बततष्थब कगदजष् ब(िबतधष् अयलतचबअतष्लन नाम गरेको कम्पनीमा कामका लागि गएपनि उक्त कम्पनी नै नभएको जानकारी पाएको गैरेले बताए ।

प्यारामाउन्ट इन्प्लाइमेन्ट धोवीघाट ललितपुरका एजेन्ट एल बी घिसिङले आफूहरु माथि लगाइएको आरोप झुटो भएको दावी गरे । तथापि उनले अहिले काम नपाएर उनीहरु त्यसै बस्नु परेको भने स्वीकार गरे । घिसिङले भने, ‘अहिले बकर इदका कारण काम नभएको हो । तर एक महिना पछि काम पाउँछन् । २४ जना कामदारलाई कम्पनीले नै खाना खुवाएर राखेको छ ।’
सृष्टी मेन पावर कम्पनीका एजेन्ट विष्णु पौडेलले साउदीमा २४ जना नेपालीहरुको अकमा र मेडिकल गर्नुपर्ने भएकाले समय लागेको र बकरइद सकेपछि काम पाउने दावी गरे ।

About The Author

अन्य समाचारहरु: