
धादिङ – ‘युवाको क्षमता, राष्ट्रको सफलता’ भन्ने उद्देश्यले धादिङको वेनिघाट रोराङ-२ का युवाहरूलाई विभिन्न विषयमा दुई दिन प्रशिक्षण दिइएको छ ।
गाउँपालिकाको आर्थिक सहयोग र महादेवस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा युवा लक्षित कार्यक्रम अन्तर्गत प्रशिक्षत गराइएको हो ।
कार्यक्रममा आई.एल.ओ. सर्टिस्फाई प्रशिक्षक अर्जुन भट्टराईले प्रशिक्षण दिएका थिए । दुई दिने युवा लक्षित कार्यक्रममा पिपल भन्ज्याङ मा.वि.बाट यो बर्ष एसइइ दिएका बिद्यार्थी, कक्षा ११ र १२ मा अध्यायनरत बिद्यार्थी, स्थानीयहरु सहभागी थिए ।

प्रशिक्षणको क्रममा भट्टराईले नेपालमै पनि युवाहरुले गर्न सक्ने व्यापार, जागिर, साना साना लगानीमै पनि संचालन गर्न सकिने उद्योग धन्दा लगायतका सम्भावना र अवसरहरुबारे जानकारी गराएका थिए ।
अहिलेको समयमा मोबाइल लगायत प्रबिधिको सहि प्रयोग गरेमा के कस्ता आम्दानीका सम्भावना हुन सक्छ, के फाइदा हुन्छ र यसलाई दुरुपयोग गरेमा के के हानिनोक्सानी व्यहोर्नुपर्नेछ भन्नेबारे छलफल भएको महादेवस्थान सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष अमृत विश्वकर्माले बताए ।
कार्यक्रममा बोल्दै बेनिघाट रोराङका अध्यक्ष कृष्ण बहादुर थपलियाले युवाहरु देश विकासको मेरुदण्ड भएको र अब निरास नभाइ देशमै केहि गरम भन्ने भावना जगाउन पर्ने बताए । स्वदेशमा केहि गर्न चाहाने युवाहरूको पक्षमा आफु रहेको र केही सहयोग गर्न परे गर्न तयारी रहेकोे र अबको नीति कार्यक्रममा युवाहरुलाई प्राथमिकतामा राखेर ल्याउने पनि बताए ।
वडाअध्यक्ष हेमराज भुजेलले आफुले हरेक वर्ष युवाहरुलाई प्रोत्साहन मिल्ने कार्यक्रम निरन्तर गर्दै जाने बताए ।

समाज विकासको हरेक क्षेत्रमा काम गर्न शुरु गरेको महादेवस्थान सामुदायिक सिकाइ केन्द्रले यहीँ चैत्र महिनाको २२ र २३ गते पनि बेनिघाट रोराङ गाउँपालिका भित्रका ११ वटा सामुदायिक तथा नीजि वनका पदाधिकारीहरुलाई सामुदायिक वन संरक्षण अभियान तथा सचेतना कार्यक्रम सन्चालन गरेको थियोे । दुई दिन चलेको उक्त कार्यक्रममा लगभग ४० जनाको अर्थपूर्ण तथा सक्रिय सहभागीता रहेकोे थियो ।
प्रशिक्षणमा भोलानाथ खतिवडाले सामुदायिक वनबाट लिन सकिने फाइदाहरु,परिमार्जित निति नियमहरु, हुन सक्ने दण्ड जरिवानाहरु, नेपालको संविधानले व्यवस्था गरेको कानुनी प्रावधानहरु, सामुदायिक वनको कार्य समुहको क्षेत्राधिकारहरु दायित्व तथा जिम्मेवारी हरु आयआर्जनको क्षेत्र हरुबारे प्रस्तुतीकरण गरिएको थियोे ।