Sat. Apr 19th, 2025

रुवीभ्याली हाइडोपावरको साधारणसभा वैशाख २४ गते, यस्ता छन् एजेन्डा

रुवीभ्याली हाइडोपावर कम्पनीले आठौं वार्षिक साधारण सभा वैशाख २४ गते, बुधबार गर्ने भएको छ । सभा कम्पनीको दर्ता कार्यालय, काठमाण्डौ महानगरपालिका वडा नम्बर ४, सुकेधारामा गर्ने भएको हो । सभा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० र ०८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८१ र ०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

About The Author

अन्य समाचारहरु: