Sat. Mar 22nd, 2025

०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा छैन, जनताकै साथमा रहन्छु : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रष्टीकरण दिएका छन् ।

वीरगञ्जमा सञ्चारकर्मीहरूसँग २०८४ सम्म आफू जनताकै साथमा रहने भन्दै प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए ।

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए ।

उनले भने, ‘यो सरकार राम्रो काम गर्न बनेको होइन । उनको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ ।

उनले एमाले सांसद तथा लेखा समितिको सभापति समेत रहेका ऋषिकेश पोखरेलमाथि ठूला ठूला आरोप लागेको भए पनि चोख्याउने काम भएको दाबी गरे ।

About The Author

अन्य समाचारहरु: