Wed. Mar 19th, 2025

भारतसँगको सम्बन्ध सुधार्ने परराष्ट्रमन्त्रीको प्रयास फेरि विफल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आर्जु राणा देउवाले गरेको पछिल्लो प्रयास पनि विफल भएको छ।

भारतको नयाँ दिल्लीमा आयोजित ‘रायशिना डाइलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी यस जयशंकरसँग मंगलबार भेटवार्ता गरेकी हुन्।

रायसिना डायलगमा साइडलाइन वार्ताका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएपनि त्यसले अपेक्षाकृत उपलब्धि हुन नसकेको हो जयशंकरसँगको भेटवार्ताका क्रममा राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा आउँदो जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निम्तो दिने बताइएको थियो।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको चाजोपाँजो मिलाउने प्रयास पनि विफल भएको छ। प्रधानमन्त्री ओली र एमालेसँग असन्तुष्ट रहेको भारतीय पक्षले उनीसँगको सम्बन्ध न सुधार गर्न नचाहेको पछिल्ला घटनाक्रमहरूले पुष्टि गरेका छन्।

About The Author

अन्य समाचारहरु: