Wed. Mar 19th, 2025

मतदातालाई प्रवेश निषेध गरेपछि पोखराको इन्जिनियरिङ क्याम्पसमा तनाव

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको क्रममा तनावग्रस्त पोखराको लामाचौरमा रहेको इन्जिनियरिङ क्याम्पस तनावग्रस्त बनेको छ। क्याम्पसको छात्राबासमा रहेका करिब ४ सय जना विद्यार्थी मतदानमा सामेल भइरहँदा गेटमा अनसनरत नेपाल विद्यार्थी संघनिकट विद्यार्थीहरूले बाँकी मतदातालाई भित्र प्रवेश गर्न रोकेपछि स्थिति तनावपूर्ण बनेको हो।

इन्जिनियरिङ क्याम्पसमा नेवि संघको एउटा समूहले सचिव पदमा उम्मेदवारी दिन खोजेको थियो। तर, आफू निकट विद्यार्थीलाई टिकट नदिइएको भन्दै सो समूहले सचिव पदको मनोननय पत्र नै च्यातेपछि सो पदमा नेवि संघको उम्मेदवारी नै परेन।

निर्वाचन चाहने समूहले सचिव बिनै मतदान प्रक्रियामा सामेल हुने निर्णय गरेपछि अर्को समूह अनसनमा उत्रेको हो। कृष्णजंग कार्की र राजीव अधिकारी अनसनमा छन्।

About The Author

अन्य समाचारहरु: