Mon. Mar 10th, 2025

धादिङको गजुरीमा पालिका अध्यक्षसहित ७५ जनाले गरे रक्तदान !

धादिङ– धादिङको गजुरीमा आयोजित रक्तदान कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा १६ जना महिला र ५९ जना पुरुषले रक्तदान गरेका हुन् ।

कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ, वडा अध्यक्ष तारा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत होम बहादुर राउत, नेपाल रेडक्रस शोसाईटी धादिङको सभापति दुर्लभ कुमार तामाङले पनि रक्तदान गरेका छन् । रक्तदान एक अमुल्य जीवनदान नै हो यो महान कार्यमा सदैब आफ्नो साथ, सहयोग रहने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।

गजुरी गाउँपालिका–१ गजुरी बजारमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

About The Author

अन्य समाचारहरु: